काठमाडौं : काभा (सेन्टर एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्याम्पियनसिप आज सुरु हुँदै छ। नेपालले पहिलो खेलमा आजभारतसँग खेल्ने छ। आजै अर्को खेलमा किर्गिस्तान र माल्दिभ्स तथा इरान र बङ्गलादेशबिच प्रतिस्पर्धा गर्नेछन्।
१५ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ। नेपाली खेलकुदमा पछिल्लो समय महिला भलिबल टोलीले नयाँ आशा र उत्साह जगाइरहेको छ।
राष्ट्रिय खेलको मान्यता पाएको भलिबलमा महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको सफलता उत्साहजनक छ। समूह ए मा नेपाल र भारत सहित किर्गिस्तान र माल्दिभ्स रहँदा समूह बी मा इरान र बंगलादेशसहित कजाखस्तान र श्रीलंका छन्।
हाल वरियता विहिन नेपालका लागि यो प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ फिभको वरियतामा स्थान बनाउनुका साथै समग्र भलिबलको भविष्यका लागि महत्वपूर्ण हुने संघको विश्वास छ।
भारतविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्ने नेपालले जेठ भोलि गते र्कीगिस्तान र १० गते माल्दिभ्ससँग खेल्नेछ। सिंगल राउन्ड रोविन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
त्यस्तै तेस्रो र चौथो हुनेले पाँचौं र छैटौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कप्तानी निरुता ठगुन्नाले गरेकी छन्। प्रतियोगिताका खेलहरु हिमालय टेलिभिजन नेटवर्कको हिमालय स्पोर्टसबाट प्रत्यक्ष प्रसारण हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij