भरतपुर : बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने चितवनका खेलाडीलाई बिदाइ गरिएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले मङ्गलबार उक्त प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरेको हो ।
आज बुधबारदेखि शुक्रबारसम्म काठमाडौँ र ललितपुरमा हुने प्रतियोगिताका लागि चितवनबाट ९२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १०२ जनाको टोली चितवनबाट बिदाइ भएको हो । उनीहरुलाई चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की, कार्यालय सचिव रामजी ढकाललगायतले खेल सामग्रीसहित बिदाइ गरेका हुन् ।
अध्यक्ष कार्कीले खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रिनुका साथै अनुशासित भएर खेल प्रदर्शन गर्न शुभकामना दिए । खेलाडीहरुका लागि समितिले पहिलोपटक बन्द प्रशिक्षण राखेको बताउँदै उनले नतिजा राम्रो आउने विश्वाससमेत व्यक्त गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij