मुग्लिन : व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र नभई कर्मचारीको जीवन र भविष्यप्रति जिम्मेवार बन्न सक्नुपर्छ भन्ने सन्देश दिँदै मुग्लिन स्थित थ्री सिस्टर थकाली र आँबुखैरेनी स्थित द मटका हाउसले आफ्ना रेष्टुरेन्ट तथा क्याफेमा कार्यरत कर्मचारीहरूका लागि एक वर्ष अवधिको IGIP Health Plus Insurance उपलब्ध गराएको छ।
यस बीमा योजनाअन्तर्गत कर्मचारीहरूले दुर्घटनाबाट मृत्यु भएमा ७ लाख रुपैयाँ, स्वास्थ्य उपचारका लागि १ लाख रुपैयाँ, गम्भीर रोग उपचारका लागि १ लाख रुपैयाँ तथा दुर्घटनाजन्य उपचारका लागि १ लाख रुपैयाँ गरी कुल १० लाख रुपैयाँसम्मको सुरक्षा लाभ प्राप्त गर्नेछन्। होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि यस प्रकारको समग्र बीमा सुविधा उपलब्ध गराउने पहल राजमार्ग क्षेत्रका व्यवसायहरूमा सम्भवतः पहिलो पटक गरिएको मानिएको छ। यस कदमले कर्मचारीहरूलाई आर्थिक सुरक्षाको अनुभूति मात्र गराएको छैन, उनीहरूको मनोबल र कार्यप्रतिको समर्पण पनि बढाउने अपेक्षा गरिएको छ। आजको समयमा व्यवसायको सफलता केवल भवन, मेनु वा कारोबारले मात्र मापन हुँदैन, त्यसका पछाडि दिनरात खटिने कर्मचारीहरूको सम्मान र सुरक्षाले पनि निर्धारण गर्छ। यही सोचका साथ थ्री सिस्टर थकालीको व्यवस्थापन पक्षका अनुसार कर्मचारीलाई परिवारसरह मान्दै उनीहरूको भविष्य सुरक्षित बनाउने प्रयास गरेको जनाएको छ।
स्थानीय स्तरमा यस्तो अभ्यासले अन्य व्यवसाय, संघसंस्था तथा रोजगारदाताहरूलाई समेत कर्मचारीमैत्री नीति अवलम्बन गर्न प्रेरणा दिने विश्वास गरिएको छ। साना(साना सकारात्मक कदमहरूले नै समाजमा ठूलो परिवर्तनको आधार तयार गर्छन् भन्ने सन्देश यस पहलले दिएको छ। व्यवसाय, समाज र मानवीय संवेदनाबीचको सम्बन्धलाई अझ बलियो बनाउने यस्ता उदाहरणीय अभ्यासहरू ग्रामीण क्षेत्रका लागि प्रेरणाको स्रोत बन्न सक्ने छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij