काठमाडौं : फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाएका छन्।घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको खेलमा ती तीन खेलाडीले रातो कार्ड पाएका हुन्।
अत्यन्तै तनावपूर्ण बनेको उक्त खेलमा दुवै तर्फका गरी कुल ३ जना खेलाडीले रातो कार्डको सामना गर्दै मैदान छाड्नुपरेको थियो।जसमा पराजित टोली दक्षिण अफ्रिकाका दुई जना र विजयी टोली मेक्सिकोका एक जना खेलाडीले रातो कार्ड पाएका हुन्।
खेलको दोस्रो हाफमा कार्डको शृङ्खला सुरु भएको थियो। ४९औं मिनेटमा विपक्षी खेलाडीलाई लडाएपछि दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए।त्यसपछि खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाकै थेम्बा ज्वानेले दोस्रो रातो कार्ड खाएपछि टोली ९ खेलाडीमा सीमित हुन पुग्यो।
खेलको अन्त्यतिर, दोस्रो हाफको अतिरिक्त समय (इन्जुरी टाइम)मा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएपछि घरेलु टोलीले पनि खेलको अन्त्य १० खेलाडीका साथ गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij