Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

विश्वपक फुटबल : अर्जेन्टिनाको शानदार सुरुवात, मेसीको ह्याट्रिक

विश्वपक फुटबल : अर्जेन्टिनाको शानदार सुरुवात, मेसीको ह्याट्रिक

काठमाडौं : कप्तान लियोनल मेसीको ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले विश्वपक फुटबलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको छ। 

मैदानमा ७९ मिनेट खेलेका फुटबल इतिहासका सर्वकालीन महान् खेलाडी मेसीले फिफा विश्वकपमा अर्को एउटा ठुलो कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।  अल्जेरियाविरुद्धको खेलमा तीन  गोल गर्दै मेसीले विश्वकपमा कुल गोल सङ्ख्या १६ पुर्‍याएका हुन्। 

ऐतिहासिक गोलसँगै मेसी विश्वकप इतिहासमै सबैभन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका हुन्।साविक विजेता अर्जेटिनाका कप्तान मेसीको लय हेर्दा यही विश्वकपमा क्लोजको कीर्तिमानलाई उछिन्ने प्रवल सम्भावना छ।

उनले खेलको १७औँ मिनेटमा पहिलो गोल गर्दा ६० मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। छैठौं पटक विश्वकप खेलिरहेका ३८ वर्षीय मेसीले ७६औँ मिनेटमा ह्याट्रिक पूरा गरे। 

जितसँगै समूह जेमा अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ। यही समूहमा रहेका जोर्डन र अष्ट्रियाको खेल आजै हुँदैछ। खेल विहान पौने १० बजे सुरु हुनेछ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij