Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

अष्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा

अष्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा

काठमाडौँ : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को रोमान्चक खेलमा अमेरिकाले लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।

सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोल अन्तरले पराजित गर्दै अमेरिका अन्तिम १६ मा पुग्न सफल भएको हो। यसअघि आफ्नो पहिलो खेलमा पाराग्वेलाई पाखा लगाएको अमेरिकाले २ खेलबाट स्पष्ट ६ अंक जोडेको छ।

यो जितसँगै अमेरिका कम्तिमा पनि उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा अर्को चरणमा पुग्ने निश्चित भएको हो।

खेलमा अमेरिकाले सुरुवाती अग्रता विपक्षी टोलीको गल्तीका कारण उपहार स्वरूप पाएको थियो। खेलको ११औं मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले अष्ट्रेलियाको डिबक्सभित्र मिलाइदिएको क्रस बललाई क्लियर गर्ने क्रममा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आत्मघाती गोल गर्न पुगेका थिए।

त्यसपछि खेलको ४३औं मिनेटमा एलेक्स फ्रीम्यानले उत्कृष्ट गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए। पहिलो हाफमा २–० ले पछि परेको अष्ट्रेलियाले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन भने सकेन।

यो हारपछि २ खेल खेलेको अष्ट्रेलियाको ३ अंक रहेको छ भने समूहका अन्य दुई टोली पाराग्वे र टर्किए अंकविहीन अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट