Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भरतपुरमा ‘नेशनल बाथरोग सेन्टर’ मा प्रशासनको छड्के, मापदण्ड नपुगेपछि क्लिनिकमा ताला

भरतपुरमा ‘नेशनल बाथरोग सेन्टर’ मा प्रशासनको छड्के, मापदण्ड नपुगेपछि क्लिनिकमा ताला

चितवन : भरतपुर–१० मा सञ्चालन हुँदै आएको ‘नेशनल बाथरोग सेन्टर’ नामक क्लिनिक प्रशासनको छड्के अनुगमनपछि बन्द गरिएको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाको संयुक्त टोलीले अनुगमन गर्दै क्लिनिक तत्कालका लागि बन्द गराएको हो।

अनुगमनका क्रममा ‘भरतपुर मेट्रो क्लिनिक’ नाममा दर्ता भएको उक्त संस्था २०८१ सालसम्म मात्रै नवीकरण गरिएको अवस्थामा ‘नेशनल बाथरोग सेन्टर’ का नाममा सेवा सञ्चालन गरिरहेको भेटिएको स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेले जानकारी दिनुभयो।

घिमिरेका अनुसार ‘नेशनल बाथरोग सेन्टर’ जस्तो विशिष्टिकृत स्वास्थ्य सेवा सञ्चालन गर्न संघीय तहमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था रहे पनि क्लिनिकले आवश्यक प्रक्रिया पूरा नगरी सेवा दिइरहेको पाइएको छ।

साथै, क्लिनिकले आवश्यक भौतिक पूर्वाधार तथा मापदण्ड पूरा नगरेको, सेवा प्रदायक चिकित्सकसँग औपचारिक सम्झौता नगरेको तथा प्रयोगशाला समेत नवीकरण नगरेको अनुगमनमा खुलासा भएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्य क्षेत्रमा लापरवाही स्वीकार्य नहुने स्पष्ट गर्दै कानुनी प्रक्रिया र मापदण्ड पूरा नगरेसम्म क्लिनिक सञ्चालन गर्न नपाइने बताउनुभयो। उहाँले आवश्यक मापदण्ड पूरा गरी सम्बन्धित निकायमा विधिवत् दर्ता र नवीकरण गरेपछि मात्रै सेवा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो।

स्वास्थ्य सेवामा भइरहेको अनियमितता नियन्त्रण गर्न प्रशासनले अनुगमनलाई थप कडाइ गर्ने संकेत दिएको छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट