Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

फिफा विश्वकप २०२६ :क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

फिफा विश्वकप २०२६ :क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं : फिफा विश्वकप २०२६ को रोमाञ्चक नकआउट चरण (राउन्ड अफ ३२) अन्तर्गत पोर्चुगले क्रोएसियालाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ। 

क्यानडाको  टोरन्टो स्टेडियममा कडा प्रतिस्पर्धामा टोरन्टो स्टेडियम, क्यानडा — फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेल नम्बर ८३ मा पोर्चुगल २–१ ले विजयी भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 

दोस्रो हाफ सुरु भएको केही बेरमै ५३औं मिनेटमा क्रोएसियाका अनुभवी खेलाडी इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई १–० को सुरुवाती अग्रता दिलाएका थिए। 

एक गोलले पछि परेको पोर्चुगलले खेलमा फर्कन निकै दबाब बढाएको थियो। खेलको ६८औं मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो, जसमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै गल्ती नगरी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। रोनाल्डोको विश्वकप इतिहासमा यो पहिलो नकआउट चरणको गोल समेत हो।

खेल अतिरिक्त समय तर्फ धकेलिने निश्चित जस्तै देखिएका बेला, इन्जुरी समयको चौथो मिनेट (९०ंं‌+४) मा सब्सटिच्युट खेलाडी गोन्सालो रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक अग्रता दिलाए। खलेको ९०+१२ मिनेटमा क्रोएसियाले गरेको गोल अफसाइड भएको थियो। 

 पोर्चुगलले राउन्ड अफ १६ मा बलियो स्पेनको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट