Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा

काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको छ ।

अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा सेवा अन्तर्गत ओपीडी सेवा पुनः सञ्चालनमा आएको जनाएको छ । केहिसमययता अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द थिए । केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रवीन्द्र भक्त तिमलाले  शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा ओपीडी सेवामा आधारित बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको जानकारी दिए ।


स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट