Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवनको पुरानो मेडिकल कलेजमा स्टाफ नर्सको माग, तलब ३४ हजार ७३० रुपैयाँ

चितवनको पुरानो मेडिकल कलेजमा स्टाफ नर्सको माग, तलब ३४ हजार ७३० रुपैयाँ

चितवन : भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले स्टाफ नर्स पदका लागि कर्मचारी माग गरेको छ। अस्पतालले सार्वजनिक सूचना जारी गर्दै योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।

अस्पतालका अनुसार आवेदन दिन इच्छुक उम्मेदवारले बीएससी नर्सिङ, बीएन वा पीसीएल नर्सिङ उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै नेपाल नर्सिङ काउन्सिल (एनएनसी) मा दर्ता भएको अनिवार्य योग्यता तोकिएको छ।

सूचनामा एकदेखि दुई वर्षसम्मको कार्यअनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको भए पनि नयाँ स्नातक तथा फ्रेशर उम्मेदवारलाई समेत आवेदन दिन प्रोत्साहन गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा दक्ष तथा प्रतिबद्ध नर्सिङ जनशक्ति भित्र्याई बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले दरखास्त आह्वान गरिएको जनाएको छ।

चयन हुने स्टाफ नर्सलाई मासिक ३४ हजार ७३० रुपैयाँ तलब उपलब्ध गराइने सूचनामा उल्लेख छ। इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा तथा आवश्यक कागजातसहित अस्पतालले तोकेको इमेलमार्फत आवेदन दिन सक्नेछन्।

अस्पतालले योग्य, दक्ष र सेवाभावी नर्सिङ जनशक्तिलाई आफ्नो टोलीमा आबद्ध भई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा योगदान गर्न आग्रह गरेको छ।

wanted.jpeg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट