काठमाडौं : अमेरिकाले इरानमाथि लगातार नवौँ रात भीषण हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले विज्ञप्ति जारी गर्दै हर्मुज जलमार्ग भएर आवतजावत गर्ने व्यवसायिक जहाजहरुमाथि इरानले पुर्याउन सक्ने खतरा कम गर्न भन्दै आक्रमण गरिएको दाबी गरेको छ।
इरानका स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकले निर्माणाधीन डार्खोभिन आणविक ऊर्जा केन्द्र क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार गरेको छ । यस्तै समुद्रमा नौसैनिक नाकाबन्दी कडाइका साथ लागू गर्ने क्रममा अमेरिकी सेनाले ६ वटा व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराएको र अर्को एउटा जहाजलाई निष्क्रिय पारेको दाबी गरेको छ।
उता, उत्तरी इराकमा खसालिएको इरानी ड्रोनको बम निष्क्रिय पार्ने क्रममा विस्फोट हुँदा एक अमेरिकी सैनिकको मृत्यु भएको छ। यस घटनासँगै इरानसँगको जारी द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १७ पुगेको छ।
द्वन्द्व रोक्ने प्रयास असफल भएसँगै दुवै देशबीचको आक्रमण उग्र बन्दै गएको छ। जसका कारण पश्चिम एसिामा सुरक्षा चुनौती र युद्धको जोखिम झनै बढेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij