Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको दोस्रो खेलमा आज नेपालले आयोजक नेदरल्यान्ड्ससँग् खेल्दैछ। 

युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा हुने यो ११६औँ म्याच नेपाली समय अनुसार दिउँसो २: ४५ बजेदेखि सुरु हुनेछ।

नामिबिया विरुद्धको पहिलो खेलमा ८ विकेटको हार व्यहोरेको नेपाली टोली आजको खेल जित्दै उत्कृष्ट पुनरागमन गर्ने रणनीतिमा छ।

नेपाल घरेलु मैदानमा दुई सिरिज खेल्नुअघि सातौँ स्थानमा थियो।  नेपालले साउन ११ गते नामिबिया र १३ गते पुनः नेदरल्यान्ड्सँग खेल्नेछ।

पाँचौँ स्थानमा रहेको नेपालले २८ खेलबाट २४ अङ्क बनाएको छ। समान खेलबाट ३२ अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो र २४ अङ्क बनाएको नामिबिया सातौँ स्थानमा छ।

शीर्षस्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अङ्क छ। यस्तै दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ३२ खेलबाट ३८ अङ्क छ। चौथो स्थानमा रहेको ओमानको ३२ खेलबाट ३१, नेपालपछिअ छैटौँ स्थानमा रहेको क्यानडाको ३२ खेलबाट २४ र २४ खेलबाट १४ अङ्क बनाएको युएई तालिकाको आठौँ एवं अन्तिममा छ। 

नेपाललाई शीर्षचारमा परेर चालु विश्वकप लिग–२ बाट विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः चयन हुन बाँकी सबै खेल जित्नुपर्ने बाध्यता छ। 

यस प्रतियोगिताबाट एकदिवसीय मान्यता प्राप्त गर्न भने शीर्ष ६ स्थानमा अटाए पुग्ने प्रावधान पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट