Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते

पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते

पाकिस्तान आएको मनसुनी वर्षाका कारण देशका विभिन्न भागमा विगत २४ घण्टामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

एनडिएमएका अनुसार पूर्वी पन्जाब प्रान्तमा नौ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । यसै गरी उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा छ जनाको मृत्यु भएको र दुई जना घाइते भएको उल्लेख गरिएको छ ।

पछिल्लो घटनासँगै जुन २६ देखि देशव्यापी रुपमा चलेको मनसुनी घटनामा मृत्युको सङ्ख्या बढेर ७२ जना पुग्नुका साथै १८७ जना घाइते भएको जनाइएको छ । पछिल्लो २४ घण्टामा ३०१ वटा घर र गाईवस्तुमा क्षति पुगेको जनाइएको छ भने देशका विभिन्न भागहरूमा थप वर्षाको पूर्वानुमान गरिएको हुनाले अधिकारीहरूले बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट