Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

अमेरिकाले सैन्य कदम चाले निर्णायक जवाफ दिने इरानको चेतावनी

अमेरिकाले सैन्य कदम चाले निर्णायक जवाफ दिने इरानको चेतावनी

 काठमाडौँ  : इरानले अमेरिकाले पुनः आक्रमण गरे खाडी क्षेत्रका अन्य देशका ऊर्जा संरचनामाथि पनि जवाफी हमला गर्ने चेतावनी दिएको छ। 

इरानी विदेशमन्त्री अब्बास अराघचीले टर्की, पाकिस्तान र साउदी अरेबियाका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको निर्णायक जवाफ दिइने चेतावनी दिए। अराघचीले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्शल आसिम मुनिर, साउदीका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान र टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको वार्तामा अमेरिकाले थप आक्रमण गरे त्यसले क्षेत्रीय अस्थिरता बढाउने चेतावनी दिए। 

यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् निकट सञ्चारमाध्यम नूरन्युजले अमेरिकाले इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गरे साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार तथा इजरायलका तेल तथा ग्यास क्षेत्रलाई निशाना बनाउने चेतावनी दिएको छ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार क्याम्प डेभिडमा बसेको मन्त्रिपरिषद् बैठकमा वार्तामार्फत समाधानको सम्भावना अझै रहेको बताए। उनले विशेष दूत स्टिभ विटकफ, विदेशमन्त्री मार्को रुबियो र जारेड कुशनरको टोलीले इरानसँग सहमति गर्न सक्ने विश्वास व्यक्त गरे पनि इरानप्रति आफ्नो विश्वास घट्दै गएको बताए। आवश्यक परे इरानमाथि पुनः आक्रमण गर्न सकिने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट