Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

चेपाङ बस्तीमा २ हजार फलफूलका बिरुवा वितरण, आपदेखि लिच्ची र कटहरसम्मले बढाउनेछ पोषण र आम्दानी

चेपाङ बस्तीमा २ हजार फलफूलका बिरुवा वितरण, आपदेखि लिच्ची र कटहरसम्मले बढाउनेछ पोषण र आम्दानी

चितवन : चेपाङ समुदायको पोषणमा सुधार ल्याउँदै घरमै फलफूल उत्पादनमार्फत आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले चितवनका चेपाङ बस्तीमा २ हजार उन्नत जातका फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ। ‘आज रोपेको एउटा बिरुवा, भोलिको स्वच्छ र हरियाली भविष्यको आधार हो’ भन्ने नारासहित राप्ती र कालिका नगरपालिकाका चेपाङ समुदायको बाहुल्य रहेका विभिन्न वडामा फलफूलका बिरुवा वितरण तथा रोपण गरिएको हो।

गर्मी मौसममा राम्रो उत्पादन दिने आप, लिच्ची, कटहर, मेवा, अम्बा लगायतका फलफूलका बिरुवा वितरण गरिएको कार्यक्रम संयोजक श्रीलाल परियारले जानकारी दिनुभयो। गाउँमै विभिन्न प्रजातिका फलफूलका बिरुवा निःशुल्क पाएपछि स्थानीय चेपाङ समुदाय खुसी भएका छन्।

 फलफूलका बिरुवा वितरण गर्नुको मुख्य उद्देश्य स्थानीयको पोषणमा सुधार, घरायसी उपभोगमा वृद्धि र भविष्यमा फलफूल बिक्रीमार्फत आम्दानीको स्रोत विस्तार गर्नु रहेको सामाजिक अभियान्ता केशव आचार्यले बताउनुभयो । आफ्नै बारी तथा घरआँगनमा फलफूल उत्पादन गर्न सके स्थानीयले बजारबाट फलफूल खरिद गर्नुपर्ने बाध्यता कम हुनुका साथै उत्पादन बिक्री गरेर अतिरिक्त आम्दानीसमेत गर्न सक्ने उहाँको भनाइ छ। ग्रीन सोसाइटी नेपाल, सौराहा चितवन र शान्ति सेवा गृह, तिलगंगा काठमाडौंको सहयोगमा बिरुवा वितरण तथा रोपण कार्यक्रम सञ्चालन गरिएको हो।

राष्ट्रिय भू–संरक्षण दिवसको अवसरमा कालिका नगरपालिका–१०, सिद्धीमा फलफूलका बिरुवा रोपण तथा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीयलाई स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउनुका साथै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि फलफूलका बिरुवा रोपिएको हो।

दुर्गम बस्तीमा बसोबास गर्ने चेपाङ समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले स्वास्थ्य र पोषणसँगै वातावरण संरक्षण तथा स्थानीयको आर्थिक अवस्था सुधारमा समेत दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको शान्ति सेवा गृह तिलगंगा काठमाडौंका व्यवस्थापक बिजेन्द्र कुँवरले बताउनुभयो।
स्थानीयवासीले आप, लिच्ची, कटहर, मेवा र अम्बा जस्ता फलफूलका बिरुवा गाउँमै निःशुल्क पाउँदा आगामी वर्षहरूमा आफ्नै घरबारीमा फलफूल उत्पादन गर्न सकिने भन्दै कार्यक्रमको प्रशंसा गरेका छन्।
सभापति लामिछानेले भने- 'सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ । आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ । तर अहिले त्यो अवस्था आएको छैन, आउन पनि दिँदैनौँ । सरकार आफ्नो लिकबाट बाहिरियो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी अघि बढ्छौँ ।' 

सरकार आफ्नो ‘लिक’बाट बाहिरिए पुनः सही बाटोमा ल्याएर यात्रालाई सहज बनाउने दिशामा अघि बढ्ने उनको भनाइ थियो। साथै लामिछानेले वर्तमान सरकार नागरिककै सरकार भएको दाबी गर्दै इतिहासले सुम्पिएको जिम्मेवारी जनतासँगको सहकार्यमा सफल बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट