चितवन : चितवनको भरतपुर महानगरपालिका–२८, मेघौली जितपुरका ६५ वर्षीय मङ्गले बोटेलाई मंगलबार बिहान बाघले आक्रमण गरी जंगलतर्फ लगेको छ।
स्थानीयका अनुसार बिहान करिब पौने ५ बजे मर्निङ वाकका लागि घरबाट निस्किएका बोटेलाई मेघौलीस्थित होटल साङ्ग्रीलानजिकैबाट बाघले आक्रमण गरी जंगलतर्फ लगेको हो।
घटनापछि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा चितवन राष्ट्रिय निकुञ्जको टोलीले बेपत्ता बोटेको खोजी तथा उद्धार कार्य तीव्र पारेको छ।
निकुञ्जको मध्यवर्ती क्षेत्रनजिक पर्ने उक्त क्षेत्रमा वन्यजन्तुको आवागमन बाक्लो हुने भएकाले स्थानीयवासी त्रसित बनेका छन्।
घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले सो क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र बिहान–बेलुका एक्लै बाहिर ननिस्कन आग्रह गरेको छ। बोटेको अवस्था तथा घटनाबारे थप विवरण खोजी तथा उद्धार टोलीको कामपछि स्पष्ट हुने जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij