Logo

Aug 21 2026 | २०८३, भाद्र ५गते

तनुहँमा उद्योग–व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढे

तनुहँमा उद्योग–व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढे

तनहुँ : जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको पाइएको छ । एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग दर्ता भएका छन् ।

एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ उद्योग र ३२७ वाणिज्य फर्म दर्ता भएका छन् । दर्ता भएका फर्ममा व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रका छन् ।

गत आवमा ४८४ उद्योग तथा व्यवसाय खारेज भएका जानकारी दिँदै उक्त कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले आव २०८१\८२ को तुलनामा गत आवमा ९४ उद्योग थपिएका बताउनुभयो । कार्यालयमा हालसम्म तीन हजार ४७७ उद्योग तथा व्यवसाय नवीकरण भएका छन् ।रासस

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट