Logo

Aug 21 2026 | २०८३, भाद्र ५गते

थारु स्वादको खजाना : भरतपुरमा खुल्यो ‘खिचरा थारु चुलो एण्ड कटेज’

थारु स्वादको खजाना : भरतपुरमा खुल्यो ‘खिचरा थारु चुलो एण्ड कटेज’

भरतपुर : थारु समुदायको मौलिक स्वाद, परम्परागत परिकार र संस्कृतिलाई एकै ठाउँमा अनुभव गर्न सकिने गरी भरतपुर–१२, मालपोत चोकबाट केही भित्र ‘खिचरा थारु चुलो एण्ड कटेज’ सञ्चालनमा आएको छ। थारु समुदायको पुस्तौँदेखिको खानपान र मौलिक पाककलालाई मुख्य आकर्षण बनाइएको यस कटेजमा ढिक्री, घोङ्घी, खिचरा लगायतका टिपिकल थारु परिकारको स्वाद लिन सकिनेछ।

आधुनिक खानाका परिकारको भीडमा हराउँदै गएको थारु मौलिक स्वादलाई संरक्षण गर्दै नयाँ पुस्ता र बाह्य आगन्तुकसम्म पुर्याउने उद्देश्यले कटेज सञ्चालनमा ल्याइएको हो। माटोको चुलोमा पकाइने परम्परागत परिकार, स्थानीय सामग्रीको प्रयोग र थारु समुदायको मौलिक खानपान शैलीले ‘खिचरा थारु चुलो एण्ड कटेज’लाई अन्य खानाका परिकार पाइने सामान्य रेस्टुरेन्टभन्दा फरक बनाएको छ।

यहाँ पुग्ने ग्राहकले केवल खाना खाने मात्र होइन, थारु संस्कृति र परम्परागत स्वादसँग नजिकिने अवसर समेत पाउनेछन्। विशेषगरी ढिक्री, घोङ्घी र खिचरा जस्ता थारु समुदायका मौलिक परिकारको स्वाद लिन चाहनेहरूका लागि यो नयाँ गन्तव्य बन्न सक्ने देखिन्छ। भरतपुरमा थारु खानाको मौलिक स्वादलाई व्यावसायिक रूपमा प्रस्तुत गर्ने प्रयासले स्थानीय परिकारको प्रवर्द्धनसँगै थारु संस्कृतिको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

मालपोत चोकबाट केही भित्रै पुगिने ‘खिचरा थारु चुलो एण्ड कटेज’ अहिले थारु स्वादका पारखीहरूका लागि नयाँ गन्तव्यका रूपमा चिनिन थालेको छ।    

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट