Logo

Aug 21 2026 | २०८३, भाद्र ५गते

अर्थमन्त्री वाग्लेले भने– गाँजा खेतीलाई वैधानिकता दिन अर्थ मन्त्रालय सकारात्मक

अर्थमन्त्री वाग्लेले भने– गाँजा खेतीलाई वैधानिकता दिन अर्थ मन्त्रालय सकारात्मक

काठमाडौं :  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिन अर्थ मन्त्रालय सकारात्मक भएको बताएका छन्।राष्ट्रिय सभाको बैठकमा बोल्दै सम्बन्धित विज्ञहरूबाट हुने अध्ययन तथा निक्र्यौल भई कानून बमोजिम व्यवस्थित भएमा सहजीकरणको लागि तत्पर रहने बताए।

उनले भने, ‘गाँजा उत्पादन तथा बजारीकरणको विषय, आय, रोजगारी तथा सम्भावित राजस्व सङ्कलनको मात्र नभई सीमित औषधीजन्य र लागूपदार्थको रूपमा नियन्त्रित विषय हो। केही वर्षदेखि हामीले यसमा छलफलहरू पनि चलाइ रहेका छौँ। विगतका एक–दुई वटा बजेटमा यसको सम्भाव्यता अध्ययन गरिनेछ भनेर उल्लेख पनि भएको विषय हो।’

औषधोपचार प्रयोजनको लागि यसको प्रयोग गर्न सकिने बताए।उनले थपे, ‘यो गृह मन्त्रालयसँग सम्बन्धित विषय हो। अध्ययन र निक्र्यौल गरेर कानूनमै यसको व्यवस्था गर्न सकेमा आम्दानी, रोजगारी, औद्योगिक प्रवर्धन र सरकारी राजस्व पनि बढाउने विषयसँगको नजरबाट सकारात्मक रूपले नै हामी हेर्नेछौँ।’

उनले गृहमन्त्री र गृह मन्त्रालयसँग थप समन्वय गरेर निक्र्यौल गर्नको लागि पहल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट