Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

राप्ती–१ मा राप्ती–१ मा आगलागी, वृद्ध प्रजाको घर खरानी

राप्ती–१ मा राप्ती–१ मा आगलागी, वृद्ध प्रजाको घर खरानी

चितवन : चितवनको राप्ती नगरपालिका–१ रानीबासमा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, नागरिकतालगायत महत्वपूर्ण कागजात तथा नगदसमेत जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

रानीबास निवासी वृद्ध जयबहादुर प्रजाको घरमा भदौ ६ गते दिउँसो आगलागी भएको हो। आगलागीबाट घरभित्र रहेका अधिकांश सामग्री नष्ट भए पनि मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन्।

आगलागीपछि प्रजाको परिवारलाई दैनिक जीवनयापनमा आवश्यक सामग्रीको अभाव भएको छ। अहिले खाना पकाउने भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडालगायतका सामग्री आवश्यक रहेको स्थानीयले बताएका छन्।

स्थानीयवासीले आगलागीपीडित प्रजालाई आवश्यक सहयोगका लागि सम्बन्धित निकाय तथा सहयोगी मनहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट