काठमाडौँ : अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी–२० क्रिकेट शृङ्खलामा नेपाल ‘ए’ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।
नेपाल ‘ए’ले प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बेहोरेको छ । पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स–११ सँग ९ विकेटले पराजित भएको थियो ।
लगातार दुई हारपछि नेपाल ‘ए’ आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिँदैछ । हबर्ट हरिकेन्स एकेडेमी पनि घरेलु परिस्थितिको फाइदा उठाउँदै नेपाल ‘ए’लाई दबाबमा राख्ने योजनामा हुनेछ ।
नेपाली टोलीमा कप्तान अनिलकुमार साह, मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री, दीपक डुम्रे छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij