Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

आज पनि तोलामै ३२ सयले बढ्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि तोलामै ३२ सयले बढ्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको हो । जसअनुसार सुनको मूल्य आज प्रतितोला ३ हजार २ सयले बढेर ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि २ हजार ८ सयले बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । चाँदी आज १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij