Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सेयर बजारमा १९ अङ्कको गिरावट, २६ सय मुनि ओर्लियो सूचक

सेयर बजारमा १९ अङ्कको गिरावट, २६ सय मुनि ओर्लियो सूचक

काठमाडौँ : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक १९.१३ अङ्कले घटेर २५९९.५८ विन्दुमा ओर्लिएको हो । सवा महिना अघि २६ सयभन्दा तल रहेको परिसूचक फेरि यो तहमा झरेको हो।

बजार खुलेसँगै ओरालो लाग्न थालेको नेप्सेले अन्तिम समयसम्म पनि घट्ने क्रमलाई निरन्तरता दिँदै सो बराबरको गिरावट व्यहोरेको हो। आज कुल ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता सेयर ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ।

आजको बजारमा गिरावटको प्रभाव धेरै कम्पनीहरूमा देखिएको छ। कुल सूचीकृत कम्पनीमध्ये जम्मा ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्यमा गिरावट आएको छ। २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

सर्वोत्तम पेन्टस्‌का लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन्, जसको सेयर मूल्य १४.९९ प्रतिशत बढेको छ । त्यस्तै, धौलागिरी लघुवित्तको मूल्य ११.९८ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको मूल्य ९.१४ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको १२ करोड ७२ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, सोलु पावरको ११ करोड ८८ लाख र साहस ऊर्जाको १० करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij