Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

बीपी प्रतिष्ठानका तीन पदमा १४ उम्मेदवार अन्तर्वार्ताका लागि छनोट

बीपी प्रतिष्ठानका तीन पदमा १४ उम्मेदवार अन्तर्वार्ताका लागि छनोट

धरान :  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक पदका लागि १४ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन्।

प्रतिष्ठानले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार शिक्षाध्यक्ष पदमा प्रा.डा. काजीराम अधिकारी, प्रा.डा. कृष्ण पोखरेल, प्रा.डा. रोबिन मास्के र प्रा.डा. शिवेन्द्र झा छनोट भएका छन्।

त्यस्तै, रजिष्ट्रार पदमा डा. अरुणकुमार सिंह, प्रा.डा. अशोककुमार यादव, डा. इन्द्रकुमार लिम्बू, डा. मधुर बस्नेत, डा. शहेराज अहमद खान र डा. विम्मी सिंह छनोट भएका छन्।अस्पताल निर्देशक पदमा प्रा.डा. अशोककुमार झा, श्री धरनिधर बराल, प्रा.डा. शमशेर श्रेष्ठ र श्री सागरकुमार ताम्राकार छनोट भएका छन्।

प्रतिष्ठानका अनुसार भदौ १० गते उपकुलपतिको कार्यालयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ। अस्पताल निर्देशक पदका लागि बिहान ८ः३० देखि ११ बजेसम्म, रजिष्ट्रारका लागि ११ः३० देखि २ बजेसम्म र शिक्षाध्यक्षका लागि दिउँसो ३ देखि ५ बजेसम्म समय तोकिएको छ।

छनोट भएका उम्मेदवारलाई सक्कल प्रमाणपत्रसहित तोकिएको समयभन्दा ३० मिनेटअघि उपस्थित हुन प्रतिष्ठानले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij