Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवनमा थुप्रिँदै शव, ड्राइ आइस अभावले बढायो जोखिम

चितवनमा थुप्रिँदै शव, ड्राइ आइस अभावले बढायो जोखिम

चितवन :  बाढी तथा अन्य विपद्का कारण संकलन भएका शवको व्यवस्थापनमा चितवनमा चुनौती देखिएको छ। भरतपुर अस्पतालको शवगृहमा क्षमताभन्दा बढी शव राखिएपछि अस्पतालमा उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीसमेत प्रभावित हुन थालेका छन्।

शव सुरक्षित राख्न आवश्यक पर्ने ड्राइ आइस (Dry Ice) पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा व्यवस्थापन थप कठिन बनेको छ। समयमै शवको उचित व्यवस्थापन हुन नसके दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढ्न सक्ने भन्दै स्थानीयवासीमा चिन्ता बढेको छ।

शव व्यवस्थापनका लागि वैकल्पिक स्थानको प्रयोग गर्नुपर्ने अवस्था आएमा त्यसको प्रभाव आसपासका बासिन्दा तथा सम्बन्धित संस्थामा पर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिएको छ।

विपद्को संवेदनशील अवस्थामा शवको सुरक्षित भण्डारण, पहिचान तथा व्यवस्थापनका लागि तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ। साथै आवश्यक उपकरण र पर्याप्त मात्रामा ड्राइ आइस उपलब्ध गराउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने देखिन्छ।

चितवनमा बढ्दो शव व्यवस्थापनको चुनौतीलाई मध्यनजर गर्दै केन्द्र सरकार, स्थानीय प्रशासन तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी तत्काल आवश्यक व्यवस्थापन गर्नुपर्ने मागसमेत उठेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट