चितवन : रसुवा तथा तिब्बत क्षेत्रमा आएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीमा बगेर आएका २३३ शव चितवनका त्रिशूली र नारायणी नदी किनारबाट फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवन तथा सुरक्षा निकायको खोजी अभियानका क्रममा ती शव संकलन गरिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार हालसम्म चार शवको मात्रै सनाखत भएको छ भने २२९ शवको पहिचान खुल्न बाँकी छ।
लामो समयसम्म उचित संरक्षण हुन नसक्दा शव बिग्रन थालेका छन्। उच्च तापक्रम र फ्रिजरको अभावका कारण स्वास्थ्य जोखिमसमेत बढ्न सक्ने भन्दै जिल्ला सुरक्षा समितिले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
सोही निर्णयअनुसार देवघाटमा सामूहिक अन्त्येष्टि सुरु गरिएको जिल्ला प्रशासनले जनाएको छ। पहिचान खुल्न सक्ने सम्भावना रहेका शव तथा अवशेषको आवश्यक प्रक्रिया र नमुना संकलनलाई प्राथमिकता दिइएको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij