Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

बाढी–पहिरो पीडितका लागि ब्रान्डेड अटोमोबाइल्सको १ लाख १ हजार १ सय सहयोग

बाढी–पहिरो पीडितका लागि ब्रान्डेड अटोमोबाइल्सको १ लाख १ हजार १ सय सहयोग

भरतपुर  : बाढी–पहिरो पीडितहरूको सहयोगार्थ ब्रान्डेड अटोमोबाइल्स प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ।

चितवन र नवलपुर जिल्लाका लागि SML Isuzu, Dongfeng, Kama तथा Forthing Friday का आधिकारिक डिलरका रूपमा भरतपुर महानगरपालिका–९ मा रहेको कम्पनीले विपद्को यस घडीमा पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको जनाएको छ।

कम्पनीले रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन, नवलपुरलगायतका जिल्लामा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै, बाढी–पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

6fe3e9c1-bcb6-4077-96d4-a96a87caad11.jfif
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij