काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीपछि जारी उद्धार कार्यमा सरकार असफल भएको जनगुनासो आएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीपछिको उद्धार तथा राहतबारे धारणा राख्दै प्रचण्डले सरकारले विपद्को सामना गर्न सबै तहका सरकार र जनतालाई विश्वासमा लिएर प्रभावकारी रूपमा परिचालन गर्न नसकेको आरोप लगाए ।
‘सरकार उद्धार कार्यमा सफल होइन, असफल भयो भन्ने जनगुनासो सुनिएको छ। हामी कसैले पनि ढाँटेर, लुकाएर हुँदैन। जनपरिचालनको क्रममा र उद्धारमा सरकार असफल सिद्ध भयो,’ प्रचण्डले भने । उनले विपद्को समयमा सरकारले घमण्ड नगरी कमजोरीबाट पाठ सिक्नुपर्ने बताए। आगामी दिनमा सबै पक्षलाई विश्वासमा लिएर सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।
प्रचण्डले विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा सरकारले ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाए। उनका अनुसार सुरुङमा फसेकाहरूको उद्धारका लागि तत्काल पहलकदमी लिनुपर्ने भए पनि सरकारले ढिलो गरी प्रयास थालेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij