Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवन को–ई समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग

चितवन को–ई समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग

चितवन :  चितवन को–ई (Chitwan Co-E) समूहले रसुवा र नुवाकोटमा हालै आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

समूहले आफ्ना सहायक कम्पनीहरू मनकामना केबलकार र चितवन मिल्क लिमिटेड मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो । सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत कोषमा हस्तान्तरण गरिएको जनाइएको छ ।

समूहले संकटको घडीमा समुदायको साथमा उभिनु आफ्नो सर्वोच्च दायित्व भएको जनाएको छ । बाढीबाट प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गर्दै समूहले जारी उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका प्रयासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बाढीका कारण रसुवा र नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट राहत र पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट