Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

आज रास्वपा सचिवालय बैठक बस्दै

आज रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने उक्त बैठक बिहान १०:०० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा सुरु हुने तय भएको छ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा रसुवा बाढी, मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुनेछ। 
रसुवा बाढी, उद्धार र राहतबारे रास्वपाले ठोस निर्णय गर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट