Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बाढी प्रभावितका लागि निःशुल्क सेवा दिदैँ भरतपुर आँखा अस्पताल

बाढी प्रभावितका लागि निःशुल्क सेवा दिदैँ भरतपुर आँखा अस्पताल

चितवन : चिकित्सकले बाढीपहिरो पछि आँखामा समस्या हुनसक्ने जनाउँदै सावधानीका लागि अनुरोध गरेका छन् ।

नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी मेडिकल निर्देशक डा पुष्पा गिरी श्रेष्ठ दूषित पानीले आँखा रातो हुने, सुन्निने, पिप जम्ने, चिलाउने, चोटपटक लाग्ने, दृष्टि धमिलो हुनेजस्ता सङ्क्रमणको जोखिम उच्च हुने बताउनुहुन्छ । अहिले भोटेकोशीको बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका बासिन्दा प्रभावित भएको जनाउँदै आँखाको सुरक्षामा ख्याल गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “आँखामा कुनै समस्या देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्छ ।” सकेसम्म आँखालाई दूषित पानी र वातावरणबाट जोगाउनुपर्ने जनाउँदै उहाँले सम्भव नभए तत्काल सफा गरेर समस्या देखिएमा परीक्षण गर्नुपर्ने बताउनुभयो ।

यसैबीच, भरतपुर आँखा अस्पतालले बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा दिएको छ । अस्पतालका अध्यक्ष एवं सङ्घका सभापति जयराम श्रेष्ठले सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा प्रभावितलाई निःशुल्क सेवा दिइएको बताउनुभयो ।

अस्पतालको धादिङको सल्यानटार, बेनीघाट, चितवनको कुरीनटार, तनहुँको आँबुखैरहनीमा उपचार केन्द्र रहेको छ । भरतपुर आँखा अस्पतालमा आएर सेवा लिनसक्ने उहाँले बताउनुभयो ।

सभापति श्रेष्ठले प्रभावित क्षेत्रमा शिविरको आवश्यकता भएमा एकल वा अन्य सङ्घसंस्थासँग साझेदारीमा शिविरमार्फत निःशुल्क सेवा दिइने बताउनुभयो ।रासस

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट