Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : शंकर पोखरेल

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : शंकर पोखरेल

 

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोसी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् ।

एमाले विशेष संगठन कमिटीद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले जलवायु परिवर्तनमा महत्त्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिएका हुन् ।

“विकसित देशहरूले ठूलाठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढी भई वातावरण परिवर्तन भइरहेको र त्यसको मार नेपालजस्ता विकाशील देशहरूमा परेको छ । त्यसबाट हिमाली मुलुक नेपाल प्रभावित भई बर्सेनि ठूलो धनजनको नोक्सान व्यहोर्नुपरेको छ,” महासचिव पोखरेलले भने । उनले पार्टीका नेता तथा जनसंगठनहरू बाढी गएसँगै प्रभावित क्षेत्रमा पुगी उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखेर अहोरात्र खटेको बताए । ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट