काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले घटेर ३ लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि आइतबार चाँदी तोलामा ४ हजार ७२५ रुपैयाँ कारोबार भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij