Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चिलिमेमा फसेका ६ जनाको छिट्टै उद्धार हुन्छ : सागर ढकाल

चिलिमेमा फसेका ६ जनाको छिट्टै उद्धार हुन्छ : सागर ढकाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका ६ जनाको उद्धार छिट्टै हुने आशा व्यक्त गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत उद्धारको पछिल्लो अवस्थाबारे जानकारी दिँदै ढकालले त्रिशूली–३ ‘ए’ आयोजनाबाट आवश्यक सामग्री ल्याएर चिलिमेको सुरुङमा पहिलो चरणको ब्लास्टिङ गरिएको बताएका हुन्।

चिलिमेको सुरुङ ओरालो भएकाले लेदो हटाउन पानीको फोहरा प्रयोग गर्न नसकिने भएपछि वैकल्पिक उपाय अपनाइएको उनको भनाइ छ। लेदो माटो हटाउन आवश्यक मेसिन तयार पारिएको र उक्त मेसिन राति विदुर पुगेर मंगलबार बिहान चिलिमे पुर्‍याउने तयारी रहेको ढकालले बताएका छन्। मेसिन पुगेपछि उद्धार कार्यलाई तीव्रता दिने योजना छ।

ढकालका अनुसार सुरुङभित्रको अवस्था हेर्दा मंगलबार साँझ वा बुधबार बिहानसम्म उद्धार टोली भित्र प्रवेश गर्न सक्ने सम्भावना छ। उनले सुरुङभित्रको प्राविधिक काम भएकाले अपेक्षाअनुसार सबै कुरा नहुन सक्ने भए पनि आफूहरू आशावादी रहेको बताएका छन्।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा बाढीपछि ६ जना सम्पर्कविहीन छन्। उद्धार टोलीले मिनी एक्स्काभेटर र मड पम्पको प्रयोग गर्दै सुरुङभित्र जमेको लेदो हटाएर खोजी जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट