Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो

काठमाडौँ  : आज सुनचाँदीको भाउ घटेको छ ।सुन आज तोलामा ३ हजार रुपैयाँले घटेको हो । आइतबार र सोमबार लगातार दुई दिन घटेकोमा हिजो सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँले बढेको थियो ।

हिजो भाउ बढेर तोलाको ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको सुनको भाउ आज घटेर तोलाको ३ लाख २ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर तोलाको ४ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यसअघि हिजो चाँदी तोलामा १०० रुपैयाँले बढेर तोलाको ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो । अस्ति सोमबार र आइतबार पनि चाँदीको भाउ घटेको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट