Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कृषि विकास बैंकका पूर्व कर्मचारी समाजद्वारा भोटेकोसी बाढीपीडितका लागि रु. १ लाख ३ हजार राहत

कृषि विकास बैंकका पूर्व कर्मचारी समाजद्वारा भोटेकोसी बाढीपीडितका लागि रु. १ लाख ३ हजार राहत

चितवन : भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पूर्व कर्मचारी समाज (कृषि विकास बैंक), चितवन–नवलपुरले रु. १ लाख ३ हजार ३ सय ५२ सहयोग गरेको छ ।

समाजले आफ्ना सदस्यबाट संकलन गरेको राहत रकमको चेक भदौ २५ गते जिल्ला प्रशासन कार्यालय, चितवनमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष प्रमोद बाबु तिवारीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गर्नुभएको हो ।

राहत रकम हस्तान्तरण गर्दै अध्यक्ष तिवारीले विपद्बाट प्रभावित नागरिकको जीवनरक्षा, भरणपोषण तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले विपद्को समयमा समाजले प्रभावित नागरिकको पीडामा साथ दिँदै गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नागरिक तथा सामाजिक संघसंस्थाबाट प्राप्त सहयोगले राहत र पुनःस्थापनाको अभियानमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

समाजका अध्यक्ष तिवारीका अनुसार भोटेकोसी बाढी आएको १३औँ दिन समाजकै पहलमा भरतपुरको चौबीसकोठीमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट