चितवन : चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको कारमा अचानक आगलागी भएको हो।
आगलागीको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। आगो नियन्त्रणमा लिएर कारभित्र हेर्दा हालसम्म नाम, थर र ठेगाना नखुलेका एक जना पुरुष/व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
आगलागीका कारण कारमा समेत पूर्णरूपमा क्षति पुगेको छ। मृतकको पहिचान तथा आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij