काठमाडौं : नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दै छर बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेकाो हो ।
गत २१ फागुनको निर्वाचनमा पराजय भएपछि एमालेले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेको थियो। कार्यदलले देशभर एमाले कार्यकर्ताहरूसँग गरेको छलफलका आधारमा महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई काउन्टर दिन कार्यदल संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अलग्गै प्रतिवेदन तयार पारेका छन्। बादल र पोखरेल दुवैले तयार गरेको प्रतिवेदनमाथि छलफल हुने एमाले नेता राजन भट्टराईले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij