Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

एमाले कार्यदल बैठक सकियो, शनिबार मुख्य एजेन्डामा छलफल हुने

एमाले कार्यदल बैठक सकियो, शनिबार मुख्य एजेन्डामा छलफल हुने

काठमाडौँ  : एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शनिबार पुनः बस्ने गरी सकिएको छ । एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदन अध्ययनपछि मूल विषयमा शनिबारको बैठकमा छलफल गर्ने गरी आजको बैठक सकिएको हो । 

कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको थियो । बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका दुवै प्रतिवेदन पेस भएका थिए । बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुन: अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट