Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दै

एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौँ  :  एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ । कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा सुरु भएको थियो । बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका दुवै प्रतिवेदन पेस भएका थिए । 

बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट