Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवनमा चाङ्गान नेभो Q05 सार्वजनिक, ५१.९९ लाखको विशेष मूल्यमा उपलब्ध

चितवनमा चाङ्गान नेभो Q05 सार्वजनिक, ५१.९९ लाखको विशेष मूल्यमा उपलब्ध

चितवन : चाङ्गानको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी NEVO Q05 चितवनमा सार्वजनिक गरिएको छ। चितवन क्षेत्रका लागि MAW Vriddhi Autocorp Pvt. Ltd. अन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रा.लि. ले भव्य कार्यक्रम आयोजना गर्दै NEVO Q05 बजारमा ल्याएको हो।

NEVO Q05 को Ultra भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य मा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म चितवनको रीजालचोकस्थित दीपल शोरुममा आयोजना हुने विशेष टेस्ट ड्राइभमार्फत गाडीको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।


कार्यक्रममा प्रमुख अतिथिका रूपमा FNCCI चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी तथा विशेष अतिथिका रूपमा CADA का अध्यक्ष इन्द्र रेग्मी सहभागी थिए। कार्यक्रममा राजहंस अटोमोबाइल–चाङ्गान चितवनका अध्यक्ष दिलीप थनेत, MAW Vriddhi का निर्देशक पार्थ सिकरिया, उपाध्यक्ष सन्दीप चटर्जी तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर चन्दको उपस्थिति थियो।
 

कम्फर्टमा ‘ए क्लास अबभ’

आधुनिक परिवारको आवश्यकता लक्षित गरी विकास गरिएको NEVO Q05 ले कम्प्याक्ट बाहिरी आकारसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्ने कम्पनीको दाबी छ। यसको २,७३५ मिलिमिटरको ह्वीलबेस र ८६.६ प्रतिशत केबिन स्पेस उपयोगिताले यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध गराउँछ।

पछाडिको सिटमा तीन जना वयस्कले समेत आरामदायी रूपमा यात्रा गर्न सक्ने तथा सिटब्याकमा २८ र ३३ डिग्रीका दुईवटा रिक्लाइनिङ पोजिसन उपलब्ध रहेको कम्पनीले जनाएको छ। गाडीमा नौ तहको एर्गोनोमिक सिट संरचना प्रयोग गरिएको छ।

Q05 मा ५४० लिटरको डुअल–लेभल बुट, थप ९० लिटरको लुकेको स्टोरेज र २९ वटा विभिन्न स्टोरेज स्पेस रहेका छन्। साथै, ६७ भन्दा बढी साउन्ड इन्सुलेसन तथा न्वाइज रिडक्सन पोइन्ट राखिएको छ। चयनित भेरियन्टमा १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ र पावर्ड सनसाइड पनि उपलब्ध छ।

आकर्षक डिजाइन र एरोडायनामिक प्रोफाइल

NEVO Q05 को डिजाइन विकास चाङ्गान ग्लोबल डिजाइनका भाइस प्रेसिडेन्ट तथा पूर्व Volkswagen Group का हेड अफ डिजाइन क्लाउस जाइसियोराको नेतृत्वमा गरिएको कम्पनीले जनाएको छ। यसको विकास प्रक्रियामा ३१ देशका ९१५ भन्दा बढी डिजाइन प्रोफेसनल सहभागी भएका थिए।

‘Fuguang Design Philosophy’ बाट प्रेरित Q05 मा सन्तुलित अनुपात, आत्मविश्वासी रोड प्रेजेन्स तथा ०.२६५ Cd को ड्र्याग कोएफिसियन्टसहितको एरोडायनामिक प्रोफाइल रहेको छ।

Q05 ले २०२६ Golden A’ Design Award समेत प्राप्त गरेको कम्पनीको भनाइ छ। गाडीमा Digital Wing 2.0 Full-Width Lighting Signature, Star-Ring Matrix LED Taillights र Semi-Hidden Door Handles जस्ता डिजाइन विशेषता समावेश छन्।

१५ मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज

NEVO Q05 मा CATL का ब्याट्री सेललाई चाङ्गानको Golden Shield Battery 2.0 प्रविधिसँग एकीकृत गरिएको छ। यसको 3C फास्ट–चार्जिङ प्रणालीमार्फत उपयुक्त अवस्थामा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

१२० किलोवाटको विद्युतीय मोटरबाट सञ्चालित Q05 ले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा हासिल गर्न सक्छ। कम्पनीका अनुसार यसले WLTP परीक्षणअन्तर्गत ४०५ किलोमिटर सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ भने ऊर्जा खपत १२.९ kWh प्रति १०० किलोमिटर रहेको छ।

यसअघि सार्वजनिक सामग्रीमा NEDC परीक्षणअन्तर्गत ४६२ किलोमिटर रेन्ज उल्लेख गरिएको भए पनि परीक्षण मापदण्डअनुसार रेन्ज फरक पर्न सक्ने कम्पनीले जनाएको छ।

प्रविधिले भरिएको केबिन

NEVO Q05 मा १४.६ इन्चको 1080P टचस्क्रिन, अटोमोटिभ–ग्रेड MTK8675 ७-न्यानोमिटर प्रोसेसर, वायरलेस Apple CarPlay र Android Auto लगायतका सुविधा उपलब्ध छन्।

भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर–असिस्टेन्स फङ्सन तथा ५४०-डिग्री प्यानोरामिक भ्यूइङ सिस्टम पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। यी सुविधाले गाडी चलाउँदा सुरक्षा, सुविधा र चालकको नियन्त्रणलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

चाङ्गानको विश्वव्यापी उपस्थितिसँगै नेपालमा विस्तार

चाङ्गान अटोमोबाइल चीनका प्रमुख तथा लामो समयदेखि स्थापित अटोमोबाइल उत्पादकमध्ये एक हो। कम्पनीसँग १६० वर्षभन्दा बढीको औद्योगिक विरासत रहेको तथा विश्वका १०० भन्दा बढी देशमा उपस्थिति रहेको जनाइएको छ।

१८ हजारभन्दा बढी इन्जिनियरहरूको विश्वव्यापी टोलीमार्फत चाङ्गानले नयाँ–ऊर्जा सवारी, इन्टेलिजेन्ट मोबिलिटी र नेक्स्ट–जेनेरेसन प्रविधिमा काम गर्दै आएको छ।

नेपालमा MAW Vriddhi Autocorp Pvt. Ltd. ले Changan Automobile तथा यसका सब–ब्रान्डहरू Deepal, NEVO र AVATR को अधिकृत प्रतिनिधिका रूपमा काम गर्दै आएको छ।

चितवनमा चाङ्गानको अधिकृत डिलरका रूपमा राजहंस अटोमोबाइल प्रा.लि. ले बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ। अध्यक्ष दिलीप थनेतको नेतृत्वमा २०८१ सालमा स्थापना भएको कम्पनी भरतपुर–१०, चितवनमा अवस्थित छ। कम्पनीले पूर्ण रूपमा सुसज्जित शोरुम तथा एकीकृत सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

NEVO Q05 को विशेष टेस्ट ड्राइभ भदौ २९ देखि ३१ गतेसम्म रीजालचोकस्थित दीपल शोरुममा हुने भएकाले इच्छुक ग्राहकले प्रत्यक्ष रूपमा गाडीको कम्फर्ट, डिजाइन र प्रविधिको अनुभव लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट