Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रास्वपाको माग : ‘दैवी प्रकोप उद्धार कोष’को नाम फेरेर ‘प्रधानमन्त्री विपद् राहत कोष’ राखौँ

रास्वपाको माग : ‘दैवी प्रकोप उद्धार कोष’को नाम फेरेर ‘प्रधानमन्त्री विपद् राहत कोष’ राखौँ

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग गरेको छ । प्रतिनिधि सभाको मंगलबारकाे बैठकमा रास्वपा प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष’ बनाउन माग गरेका हुन्। 

सांसद खरेलले बाढी, पहिरो र कटानजस्ता घटनालाई दैवी प्रकोप भन्नु गलत भएको जिकिर गरे। ‘भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो,’ उनले भने।

उनले नेपालमा भइरहेका बाढी, पहिरो र कटानका घटनाहरू कि त प्राकृतिक विपत्ति, कि त मानव सिर्जित विपत्ति भएको बताए। यसअघि गएका र भविष्यमा आउन सक्ने यस्ता विपत्तिलाई दैवी प्रकोप को संज्ञा दिँदा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखिएको उनको भनाइ छ।

प्रवक्ता खरेलले भने, ‘यी घटनाहरू या त प्राविधिक कमजोरी, या त वातावरण विनाश, वा अव्यवस्थित विकास निर्माणका कारण हुने गरेका छन्। त्यसैले यस्ता घटनालाई दैवी प्रकोप नभई प्राकृतिक विपत्ति मान्नुपर्छ र सोहीअनुसार राज्यले राहत तथा व्यवस्थापनको तयारी गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट