काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।अध्यक्ष दाहालले मंगलबार शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो।
भेटमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, खोज तथा उद्धार कार्य, प्रभावितलाई राहत उपलब्ध गराउने विषय, अस्थायी आवासको व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाका विषयमा छलफल भएको बताइएको छ।
यस्तै, भेटमा राष्ट्रिय सभाका कामकारबाही, चालु अधिवेशनको प्रभावकारिता तथा नयाँ विधेयकहरूको अवस्थालगायतका विषयमा समेत छलफल भएको थियो।
राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीचको भेटलाई पछिल्लो विपद्को अवस्था तथा संसद्का कामकारबाहीबारे उच्चस्तरीय समसामयिक छलफलका रूपमा लिइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij