Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, मीन विश्वकर्मासहितका देउवा कार्यसमितिका ५२ केन्द्रीय सदस्य सहभागि हुने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, मीन विश्वकर्मासहितका देउवा कार्यसमितिका ५२ केन्द्रीय सदस्य सहभागि हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित ५२ जना केन्द्रीय सदस्य संस्थापन पक्षले बोलाएको बैठकमा सहभागी हुने भएका छन्।

संस्थापन पक्षले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। दिउँसो २ बजे बस्ने बैठकमा आगामी महाधिवेशनलगायत पार्टीका समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा सहभागी हुने नेताहरूमा महालक्ष्मी उपाध्याय(डिना), गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सीताकुमारी राना, सरस्वती बजीमय, मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरुङ र शान्ति परियार (विक) रहेका छन्।

यस्तै, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौड्याल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, अनिल रुँगटा, मीनाक्षी झा, कल्पना चौधरी, माया राई, कान्तिका सैजुवाल, सरस्वती अर्याल, हरिशरण नेपाली र कृष्ण यादव पनि बैठकमा सहभागी हुनेछन्।

संस्थापन पक्षले आयोजना गरेको उक्त बैठकलाई पार्टीको आगामी महाधिवेशनको तयारी र त्यससँग जोडिएका विषयमा छलफल गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।

कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट