चितवन : सरिता इभेन्ट्सले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ ‘ तीज विशेष साँस्कृतिक कार्यक्रम - २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता ’ गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका - २६, ज्योतिनगर हाटबजार परिषरमा भदौ १० गते, मंगलबार, दिउँसो १:०० बजेदेखि गर्न लागिएको सो कार्यक्रममा स्थानीय प्रतिभाहरूको साँस्कृतिक कार्यक्रम, डान्स प्लानेटका प्रस्तुति र थुप्रै ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सरिता इभेन्ट्सको अध्यक्ष सरिता आचार्यका अनुसार उक्त कार्यक्रममा रमेश श्रेष्ठ ( मेलोडी ), चन्द्रा अर्याल, भुमिराज रेग्मी, समुन रोक्का, सोनिका क्षेत्री, अनिल सुनार, गोविन्द सापकोट साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । साथै, खुल्ला तीज नृत्य प्रतियोगिताको लागि दर्ता खुल्ला गरिएको आचार्यले बताईन् ।
यस्तै, उक्त कार्यक्रमको सह - आयोजकमा ज्योतिनगर बजार व्यवस्थापन समिति र ज्योतिनगर हाटबजार व्यवस्थापन समिति रहेको छ, भने भरतपुर महानगरपालिका २६ नं. वडा कार्यालय संरक्षकको रुपामा रहेको छ । साथै, उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जनअपडेट डटकमलगायतका मिडिया रहने छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij