चितवन : चितवनको पर्यटकीय केन्द्र सौराहास्थित होटल सेवन लिमिटेडमा आयोजना गरिएको ‘अपण सौराहा सांगीतिक साँझ–२०८२’ गायक थानेश्वर गौतम को विशेष प्रस्तुतीसँगै भव्य रूपमा सम्पन्न भएको छ।
चैत २० गते आयोजित उक्त कार्यक्रममा गायक गौतमको प्रस्तुती मुख्य आकर्षण बनेको थियो। उनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै कार्यक्रमस्थलमा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए। उनका गीतसँगै दर्शकको ताली, साथ र उत्साहले पूरा हल सांगीतिक माहोलमा झुमेको थियो।
आयोजकका अनुसार कार्यक्रमले सौराहाको पर्यटन तथा सांस्कृतिक वातावरणलाई थप जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रममा उपस्थित दर्शकहरूले पनि गायक गौतमको दमदार प्रस्तुतीले कार्यक्रमलाई विशेष र आकर्षक बनाएको प्रतिक्रिया दिएका थिए।
स्थानीय कला, संगीत र पर्यटन प्रवर्द्धनलाई जोड दिने उद्देश्यसहित आयोजना गरिएको ‘अपण सौराहा सांगीतिक साँझ–२०८२’ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij