Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

साफ महिला च्याम्पियनसिप २०२६ : च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रिदै नेपाली महिला फुटबल टोली

साफ महिला च्याम्पियनसिप २०२६ : च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रिदै नेपाली महिला फुटबल टोली

काठमाडौं :  नेपालले साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज भुटानसँग खेल्दैछ।खेल आज दिउँसो ४ः४५ बजे गोवा राज्यस्थित मडगाउँ शहरको जवाहरलाल नेहरु रंगशालामा सुरु हुनेछ। 
आठौं संस्करणसम्म आईपुग्दा ६ पटक उपविजेतामा सीमित नेपालले यसपटक च्याम्पियन बन्दै इतिहास रच्ने लक्ष्य राखेको छ। नेपाली महिला टोलीले सधैं आशा जगाउँछ, तर अन्त्य निराशाजनक बन्छ। सातमध्ये छ संस्करणमा फाइनल पुगे पनि उपाधि हात पार्न नसक्नुले सधै पीडा दिन्छ।
यसपटक भने त्यो इतिहास बदल्ने दृढ अठोटसहित टोली भारत पुगेको छ। मुख्य प्रशिक्षक नवीन न्यौपानेका लागि साफ च्याम्पियनसिप क्षेत्रीय प्रतियोगितामात्र नभइ प्रतिष्ठा र पहिचानको लडाइँ हो। टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजन देखिन्छ।
अनिता बस्नेत, हिरा भुजेल र गीता रानाजस्ता सिनियर खेलाडीले टोलीको मनोबल बलियो बनाउने छन्। युवा खेलाडीका लागि पनि साफ च्याम्यिनसिप आफ्नो क्षमता प्रमाणित गर्ने मञ्च हो। 
टोलीलाई सबैभन्दा धेरै अभाव सावित्रा भण्डारी साम्बा र सविता रानाको खड्किने छ। यी दुवै अनुभवी खेलाडीले चोटका कारण प्रतियोगिता गुमाएका छन्। 

६ टोली सहभागी हुने प्रतियोगितामा नेपाल समूह एमा छ। यस समूहमा भुटान र श्रीलंका छन्। समूह बी मा साविक विजेता बंगलादेश, भारत र माल्दिभ्स छन्। त्यसैले सेमिफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने लगभग निश्चित छ।

नेपालले जेठ १७ मा श्रीलंकासँग खेल्ने तालिका छ। सेमिफाइनल २० र फाइनल खेल २३ गते खेलिने छ। पछिल्लो समय नेपाली फुटबलमा देखिएको शक्ति संघर्षको असर खेलाडीमा पनि परेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट