Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

स्विडेनमाथि सहज जित निकाल्दै फ्रान्स प्रि-क्वाटरफाइनलमा

स्विडेनमाथि सहज जित निकाल्दै फ्रान्स प्रि-क्वाटरफाइनलमा

काठमाडौँ  : विश्वकप फुटबलमा साविक फाइनलिस्ट फ्रान्सले अन्तिम १६ मा स्थान बनाएको छ। बुधबार बिहान सम्पन्न अन्तिम ३२ को खेलमा केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा स्विडेनमाथि ३-० को जित निकाल्दै फ्रान्सले पाराग्वेसँगको भेट पक्का गरेको हो। अब क्वाटरफाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीलाई हराएको पाराग्वेसँग प्रतिस्पर्धा गर्ने छ।

जारी विश्वकपमा फ्रान्सका माइकल ओलिसे ले पाँच असिस्ट  पुरा गरे। सन् १९९४ मा जर्मनीका थोमस हेसलर पछि विश्वकपको एउटै संस्करणमा कुनै पनि खेलाडीले गरेको सबैभन्दा धेरै असिस्ट हो। यदि फ्रान्सले यही लय कायम राख्यो भने, ओलिसेले आफ्नो असिस्ट संख्या अझ बढाउने छन्।

उता केलियन एम्बाप्पे ले अब गोल्डेन बुट दौडमा लियोनेल मेसी समान ६ गोल को बराबरी गरेका छन्। साथै विश्वकपमा उनले गोल संख्या १८ पुर्याएका छन्। एम्बाप्पे सर्वाधिक गोलकर्ताको लाइनमा लियोनेल मेसी भन्दा अब १ गोलले पछि रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट