Logo

Nov 24 2026 | २०८३, मंसिर ९गते

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाहमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ ।यूएईको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार अल वतन सडकमा दुर्घटना भएको हो । दुर्घटनापछि उद्धारका लागि एम्बुलेन्स तथा नागरिक सुरक्षा टोली परिचालन गरिएको थियो । उद्धारकर्मीले घटनास्थल सुरक्षित पार्दै सवारी आवागमनसमेत व्यवस्थापन गरेका थिए ।

मन्त्रालयले दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान सार्वजनिक गरेको छैन । अन्य कोही घाइते भए वा नभएकोबारे पनि जानकारी दिएको छैन ।दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको र छानबिन पूरा भएपछि निष्कर्ष सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट